प्रजातान्त्रिक उद्योगी व्यबसायी संघ द्वारा बाढी पिडितलाइ राहत वितरण

भदौ ४ 
प्रजातान्त्रिक उद्योगी व्यबसायी संघ द्वारा एक कार्यक्रम गरि तुलसीपुर उप महानगरपालिका १३ स्थित दमारगाउँमा बाढी पिडितलाई राहत वितरण गरेको छ । प्रजातान्त्रिक उद्योगी व्यबसायी संघ तुलसीपुरका अध्यक्ष जनक प्रसाद खरालको प्रमुख अध्यक्षतामा भएको कार्यक्रममा फुलबारी र गोल्टाकुरीका बाढी पिडितलाइ राहत वितरण गरेका थिए । 
संघले प्रति परिवार ५ किलो चामल, ५ किलो पिठो, १ लिटर तेल, एक किलो दाल, एक किलो नुन सहितको स्याम्पल प्याकेज राहत वितरण गरेको थियो ।

उक्त कार्यक्रममा नेपाली कांग्रेसका नेता  गेहेन्द्र गिरीले बोल्दै जिल्लाका डुबान क्षेत्रमा अल्पकालीन र दिर्घकालिन समस्याको समाधान गर्न आफुहरु तयार रहेको बताएका थिए ।