म डाक्टरलाइ सराप होइन सलाम ठोक्न चाहन्छु भन्दै दाङमा र्याली (फोटो फिचर )

श्रावन २५ ।
 चिकित्सा शिक्षा सर्वसाधारणको पहुँचमा पुग्नुपर्ने, शिक्षा ऐन पारित गर्नुपर्ने लगायत यसमा कायम रहेको बेथिति अन्त्यको माग राख्दै एघारौं पटक अनशनमा बस्नुभएका त्रिवि शिक्षणा अस्पतालका प्रा.डा. गोविन्द केसीको समर्थनमा दाङको तुलसीपुरमा  पनि समर्थन र्याली निकालिएको छ ।
केसी अनसनमा बसेको आज १६ औं दिन भइसक्दा सहमतिका जुट्न सकेको छैन । आज फेमिना ग्रुपले आयोजना गरेको र्यालीमा माफियाको मिसन सिटामोमा कमिसन,स्वास्थ्य बनाऊने हाम्रो सोच यसमा हाम्रो के को दोष, आइ एम विथ डा.के सी, लगाएतका प्लेकार्ड बोकेर तुलसीपुर बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो । हेर्नुहोस र्यालीका केहि फोटोहरु