भदौ १३
दाङ जिल्ला भन्नाले दाङ र देउखुरी दुबै उपत्यका बुझिन्छ । दाङ राप्ती अञ्चलको सबैभन्दा सुगम एवं विकसित जिल्ला मानिन्छ ।
पहाडहरुका वीचमा रहेको मैदानी समथर भू–भागलाई हेर्दा नै मनै आनन्दित हुने गर्दछ । जिल्लामा दाङ उपत्यका, देउखुरी र तुलसीपुर उपमहानगरपालिका १३ मा पर्ने फुलवारी अर्को उपत्यका पनि पर्दछ ।