११ फोटोमा हेर्नुहोस दाङको ऐतिहासिक छिल्लिकोट

२९  असोज। 
दाङ जिल्लाको कुनै एक समय निकै चर्चामा रहेको साबिक (विजौरी ९ ) हाल तुलसीपुर उपमहानगरपालिका १९ मा अवस्थित छिल्लीकोट पछिल्लो समयमा आएर गुमनाम जस्तै बनेको  छ । 
 
 
नेपालको वाईसे चौविसे राज्यको ऐतिहासिक र धार्मिक आस्था रहेको यो क्षेत्र अहिले आएर ओझेलमा छ  । छिल्लीकोट मुख्य आकर्षण केन्द्र भनेको एक छेउको टापुमा कालिका र अर्को  टापुमा मालिका भगवतिको मन्दिर रहनु हो । 
 
छिल्लिकोट को टापुबाट दाङ उपत्यकालाइ  राम्रो संग अवलोकन गर्न सकिन्छ।                                                                                                                                             
      अहिलेको अबस्थालाइ हेर्ने हो भने वरीपरी वाटोमा पहिरो जताततै अवरुध छ भने पर्यटकहरु मोटर साईकलको जोखिमपुर्ण यात्रा गरि पुग्नुपर्ने वाध्यता छ ।  पर्यटकहरु भित्र्याउन मोटर वाटोको सहज व्यावस्थापन गर्न सकेमा  छिल्लिकोटले मुहार फेर्ने सक्ने छ । विजौरीको  संक्राम वाट हिड्दै छिल्लोकोट पुग्न करिव – करिव    ४  घण्टा लाग्छ ।