प्रदेशको राजधानी दाङलाइ तोक्न नागरीकहरुका आवाजहरु समेटिंदै स्वस्फुर्त रुपमा नागरीक दवाव र्याली आयोजना भएको हो ।
संभवतः आयोजक विनै भएको यो पहिलो दवाव ¥याली हो । त्यसको समन्वय स्थानिय पत्रकारहरु तथा नागरीकहरुले गरेका थिए । स्वस्फुर्त रुपमा आयोजना भएको र्याली मा नागरीक समाजका संयोजक, उद्योगी व्यवसायीहरु, अधिकारकर्मिहरु, विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारी तथा प्रतिनिधिहरु संगै सन्चारकर्मिहरुको समेत बाक्लो उपस्थीति रहेको थियो ।
दवाव र्यालीले तुलसीपुरका मुख्य बजारहरुको परीक्रमा गर्दै दाङको राजधानीको संभावना खोसिन नहुने बताएका थिए ।
कार्यक्रममाबोल्दै अधिकारकर्मि शुषमा गिरीले दाङ राजधानी नभए लाख महिलाहरुलाइ सडकमा उतार्ने चेतावनी दिंदै पुर्वाधारका हिसावले दाङको राजधानी खोसिन नहुने बताइन् ।
त्यसै अवसरमा बोल्दै नागरीक समाजका संयोजक टिकाराम रेग्मीले राजनितिक स्वार्थलाइ त्यागे प्रादेशिक राजधानीकालागी दाङ संपुर्ण रुपले तयार रहेको बताए । कार्यक्रममा सामाजिक अभियन्ता जिवन भण्डारीले दाङलाइ प्रादेशिक राजधानी नभए सडक आन्दोलनको विकल्प नभएको बताए ।
सोहिअवसरमा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विर वहादुर रावत विरु)ले यता र उता भन्दा पनि दाङमा हामीलाइ प्रादेशिक राजधानी चाहिएको बताउंदै त्यसकालागी संपुर्ण पुर्वाधारहरु तयार भैसकेको बताए ।