शनिबारिय रमाइलो ककनी फोटोफिचर (भिडियो सहित )

शनिबारिय  रमाइलो ककनी, 
ककनी नुवाकोट जिल्लामा पर्ने एक गाउँपालिका हो । नुवाकोट जिल्लामा पर्ने पर्यटकीय क्षेत्र ककनी काठमाडौंबाट लगभग २३  किलोमिटर दूरीमा छ ।  यो ठाउँ स्टेबरीको पनि लागि प्रसिद्ध छ । ककनी बिशेष गरि जाडोयामको समयमा  पिकनिक को लागि प्रसिद्द मानिन्छ।  बिशेष गरि सनिबार पिकनिकको लागि बिभिन्न ठाउबाट त्यहा पिकनिक रमाइलो गर्न जान्छन । पिकनिकमा रमाइलो त भयो तर तर मलाइ भने  मौसमले साथ दिन सकेन र भनेको र सोचेको  जस्तो फोटो लिन सकिएन ।
ककनीबाट देखिने सूर्योदय र सूर्यास्तको मनमोहक क्षण सम्झन लायक हुन्छ। यहाँबाट मकालु, लोप्से, आमादब्लम, गौरीशंकर हिमशृंखलासम्मको अवलोकन गर्न सकिन्छ। मनै लोभ्याउने हरियाली। उकालो, तेर्सो र ओरालीहरूमा भेटिने चौतारीहरू।