नारायणपुर महोत्सबमा गायिका ज्योति मगरको धमाका (हेर्नुहोस फोटोफिचर, भिडियो सहित )

माघ १६
नारायणपुर उद्योग वणिज्य संघको आयोजनामा ‘कृषि व्यवसाय एवं पर्यटनमा प्रोत्साहनः दीगो अर्थतन्त्रकालागि अमूल्य योगदान’ मूल नाराका साथ सुरु भएको ‘नारायणपुर व्यापारिक, कृषि तथा पर्यटन महोत्सव २०७४’आज  मंगलवार हजारौको संख्यामा दर्शकको सहभागिता रहेको थियो  ।

आज मंगलवार गायीका ज्योति मगरको प्रस्तुति रहेका कारणले पनि दर्शक को घुइचो रहेको थियो।  ज्योतिको धमाकाले दर्शकहरुलाई झुमाएको थियो ।

गायिका ज्योति मगरले दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएकी थिईन् । साथै गायक एवं मोडल सन्दिप न्यौपानेले पनि दर्शकहरुलाई खुबै नचाए थिए ।

गायक एवं संगीतकार यादव योगीले ‘नाईनाई नभने मायाले, मेरो दाङ मेरो देउखुरी’ लगायत बोलका गीत प्रस्तुत गरेर दर्शकहरुलाइ  झुमाएका  थिए ,भने स्थानीय कलाकारहरुले समेत आफ्नो प्रस्तुति दिएका थिए ।

हेर्नुहोस फोटोफिचर 

हेर्नुहोस भिडियो