पव्लिक ज्ञानज्योतीले चुम्यो फुटबलको उपाधी ( हेर्नुहोस फोटोफिचर, भिडियो सहित )

लक्ष्मण बस्नेत
२९ माघ तुलसीपुर दाङ ।
जिल्ला स्तरिय अन्तर कलेज फुटबल प्रतियोगिता २०७४ को उपाधी पव्लिक ज्ञानज्योती कलेज तुलसीपुरले हात पारेको छ । संगठित युवा क्लब तुलसीपुर दाङको आयोजनामा संचालित प्रतियोगिताको फाइनलमा राप्ति बबई बहुमुखी क्याम्पस तुलसीपुरलाई १ का विरुद्ध ४ गोल अन्तरले पराजीत गर्दै ज्ञानज्योतीले उपाधी चुमेको हो । उपाधी संगै उसले नगद २० हजार ट्रफी हात पारेको छ । राप्ति बबई भने नगद १० हजार तथा ट्रफी सहित उपविजेतामा चित्त बुझाउन बाध्य भएको छ ।

उल्लेख्य दर्शकले खचाखच भरिएको अरनीको मैदानमा भएको सानदार फाइनल खेलको १५ औ मिनेटमा ज्ञानज्योतीका तर्फबाट जर्सी नं ९ का स्टाइकर गणेश नेपाली अर्जुनले पहिलो गोल गर्न सफल भए ।

खेलको पहिलो हाफ्को समाप्तीमा १–० गोल अन्तरले अगाडी रहेको पव्लिक ज्ञानज्योतीले दोश्रो हाफ्को सुरुवातीमै आक्रमक खेल प्रर्दशन गरेको थियो । शसक्त र शानदार प्रर्दशनमा उत्रिएका पव्लिक ज्ञानज्योतीका स्टाइकर अर्जुनले खेलको ५४ औ र ६४ औ मिनेटमा थप २ गोल गर्न सफल भए ।

त्यस्तै जर्सी नं १० सुरज डागीले खेलको ८२ औ मिनेटमा थप एक गोल गरे । त्यस्तै बबई क्याम्पसका तर्फबाट भुपेश डाँगीले दोश्रो हाफ्को ८८ औ मिनेटमा जवाफी एक गोल गर्न सफल भए । एक साता चलेको प्रतियोगितामा दाङ जिल्लामा स्थापित ८ वटा कलेजले भाग लिएका थिए ।

यसैविच प्रतियोगिताको समापन समारोह संगठित युवा क्लब अध्यक्ष चन्द्रविर वलीको अध्यक्षता तथा दाङ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष डिल्ली बहादुर डाँगीको प्रमुख आतिथ्य एव दाङ जिल्ला फुटबल संघका अध्यक्ष सुशिल श्रेष्ठ, काष्ठ व्यवसायी संघका जिल्ला उपाध्यक्ष बालकृष्ण श्रेष्ठ र शसस्त्र बेस क्याम्प तुलसीपुरका प्रमुख जगदिश भट्टको विशिष्ठ आतिथ्यमा सम्पन्न भएको थियो । समापन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी डाँगीले दाङलाई खेलुकदको गन्तव्यका रुपमा विकास गर्र्न आफु लागि परेको बताउनु भएको छ । खेल विकासको पहिलो आधार खेलपुर्वाधार भएकाले हाम्रो पहिलो प्राथमिकता खेल पुर्वाधारका वहुउदेश्यीय योजनाहरुमा केन्द्रित हुनेछ उहाँले भन्नुभयो ।

साथै उहाँले तुलसीपुर क्षेत्रलाई स्पोर्टस सीटीको रुपमा घोषणा गर्ने तयारी अन्तीम चरणमा पुगेको समेत बताउनु भयो । सो अवसरमा प्रतियोगिताका विजेता, उपविजेता टिम तथा उत्कृट खेलाडी बबई क्याम्पसका भुपेश डाँगी, उत्कृष्ट स्टाइकर पव्लिक ज्ञानज्योतीका गणेश नेपाली,उत्कृष्ट गोल रक्षक राप्ति बबई क्याम्पसका सरोज केसी, उत्कृट मिडफिल्डर पव्लिक ज्ञानज्योतीका सुनिलबाबु डाँगी र अनुशासित टिम गोरखा इन्टरनेशनल स्कुल घोराहीलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिएको थियो । त्यस्तै प्रतियोगितालाई भव्य एव सभ्य तवरले सम्पन्न गर्न सहयोग गर्ने खेल प्रेमी,संघ÷संस्थालाई प्रशसापत्र प्रदान गरिएको थियो । कार्यक्रमको संचालन संगठित क्लबका प्रेस सल्लाहकार लक्ष्मण बस्नेतले गर्नु भएको थियो ।
MIT License