दाङमा गर्मी बढे संगै आइसक्रिमको पनि ब्यापार बढेको छ । गर्मीमा आइसक्रिम सबैलाई मनपर्छ, गर्मीमा चिसो आइसक्रिम खानु आफैंमा रमाइलो हुन्छ । आइसक्रिममा भिटामिन, क्याल्सियम तथा प्रोटिन भरपुर मात्रामा हुन्छ ।
विभिन्न स्वादमा आउने यी आइसक्रिमहरु बालबालिका, युवायुवती र वृद्धवृद्धाले समेत स्वाद मानी मानी रमाएर खाँदै गरेको देखेका छौ ।
यो शरीरको हरेक अंग अर्थात् मांसपेशी, छाला, हड्डी, रगत सबैका लागि लाभदायक हुन्छ । आइसक्रिममा भिटामिन ए, बी–२ तथा बी १२ पाइन्छ । यो रोगप्रतिरोधात्मक क्षमताका लागि उपयुक्त मानिन्छ ।