असार १५
दाङ ।
आज असार १५ दाङमा पनि धान दिवस रोपाइँ जात्रा मनाइएको छ । १५औं राष्ट्रिय धान दिवसका अवसरमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ७ बम्नैमा उल्लासका साथ गाउँदै नाच्दै धान दिवस रोपाइँ जात्रा मनाइएको छ ।
गाउँले,किसान र जनप्रतिनिधीले असारे भाषामा गाउँदै नाच्दै धान रोपेर यो दिवस हर्षौउल्लास पूर्वक मनाएका हुन ।
कार्यक्रम पूर्व बाजा गाजासहित असारे भाका हालेर नाच्दै गाउँदै धान दिवस मनाएका हुन् । उक्त रोपाइँ जात्रा कार्यक्रममा तुलसीपुरका मेयर घनश्याम पाण्डे पनि सहभागी थिए ।