दाङमा सरकारका बिरुद्ध कांग्रेसको प्रदर्शन हेर्नुहोस ( फोटोफिचर, भिडियो सहित)

श्रावन १५ , दाङ ।
सरकार अधिनायकवाद उन्मुख भएको भन्दै आज कांग्रेस सरकारको बिरोध गर्दै हजारौ कार्यकर्ता सहित सडकमा उत्रिएको हो । सरकारको काम जनविरोधी भएको भन्दै प्रमुख प्रतिपक्षि नेपाली कांग्रेसले सडक आन्दोलन सुरु गरेको छ ।

आज दाङ सहित देशका ७७ वटै जिल्लाका सदरमुकममा नेपाली कांग्रेसले सरकार बिरुद्द नाराबाजी गर्दै बिरोध गरेको छ । नेपाली कांग्रेस दाङले घोराहीमा बिरोध ¥याली निकाल्दै सरकारको कडारुपमा आलोचना गरेको छ ।

संबिधान बिरोधी क्रियाकलाप बन्द गर, मूल्य बृद्धी फिर्ता गर, जनविरोधी काम बन्द गर, अधिनायबादी चरित्र बन्द गर, अबैज्ञानीक कर प्रणाली खारेज गर, प्रेस स्वतन्त्रता कायम गर जस्ता नारा लेखिएका प्लेकार्ड बोक्दै घोराही  बजार परिक्रमा गरेका छन् ।

MIT License